सानो छदा रेडियोमा वोलेको सुनिन्थ्यो , यो रेडियो नेपाल हो अव सुन्नुहोस पुरा समाचार ,,, सुन्दा लाग्थ्यो सायद वोल्ने मान्छेहरु ठुृलै होलान । डरलाग्दा होलान ए साच्चि कस्ता छन कुन्नि ? कैयौ प्रश्न मनमा खेलिरहन्थ्यो । संचारले त्यति पकड वनाएको थिएन गाउठाउमा , थियो त केवल रेडियोको पहुच । रेडियोमा अरु वोल्दा कसरि वोल्छन होला अचम्म लाग्थ्यो , अनि सोच्थे मेरो पालो त कहिले पो आउला र ? अरु रेडियोमा राम्रा कार्यक्रमहरु वज्दा फोन लगाउन खुव प्रयास गरीन्थ्यो तर कहिल्यै लागे पो । ए साच्चि ३ पटक जति त लागेको थियो दाङ्गको गणतन्त्र एफ,एम मा । म कक्षा ८ मा पढ्ढै थिए । त्यतिवेला जिल्लामा २ वटा रेडियो थियो । पहिले एरियल तानेर सुन्नुपर्ने रेडियो अव मजाले सुनिन थाल्यो । रोल्पा एफ,एम र जलजला एफ,एममा कार्यक्रमहरु नियमित चलिरहन्थ्यो । म अन्य कार्यक्रम भन्दा हाजिरीजवाफ कार्यक्रममा वढि फोन लगाउने प्रयास गर्दथे किनकि म वाहिरी ज्ञान प्रति निकै रूचि राख्थे । दुवै रेडियोमा फोन लगाइन्थ्यो तर जलजला भन्दा रोल्पामा वढि फोन लाग्थ्यो । विनोद डागिँ भन्ने नाम जे होस सुनिन्थ्यो रोल्पा एफ,एममा त्यतिवेला । कार्यक्रमहरुमा पत्र पनि टन्न पठाइन्थ्यो । अनि नाम किन नआओस । एकदिन मनले यस्तो सोच्यो , म पनि वोल्न सिक्नु पर्यो रेडियोमा ,कति अरुले वोलेको मात्र सुन्नु , सोच्न त सोचियो तर कसरी पो वोल्न सकिएला एफ,एममा । कक्षा ८ मा पढ्ढै थिए । रेडियो रोल्पामा कार्यरत मूख्य प्रविधिक ओम प्रकाश गिरी मेरो ठुलिआमाको छोरा हुनुहुन्थ्यो । उहा लिवाङ्ग आउदा प्राय हाम्रै घरतिर आउनुहुन्थ्यो । म उहालाइ वारम्वार रेडियोमा कार्यक्रम चलाउछु भनेर ढिपि गरीरहन्थे तर उहा सधै अस्विकार गर्नुहुन्थ्यो र
भन्नुहुन्थ्यो एस,एल,सि उत्तिर्ण गर र आफ्नो इच्छा गर । इच्छामा सहमत नजनाउदा कहिलेकाहि झनक्क रिस पनि उठ्रथ्यो तर दाइले ठिक पो भन्नु भयो कि भन्ने शंका पनि लाग्दथ्यो । गिरी दाइवाट यो काम भएन अपो अर्कै उपाय सोच्नु पर्यो , मनमनै सोचे । रेडियोमा अर्को कर्मचारी दाइ पनि हुनुहुन्थ्यो चिनेको । रेडियोमा क्विज कार्यक्रम चलाउनुहुन्थ्यो ऋषिकेस डागिँ । उहाको कार्यक्रममा म सधै फोन लगाउथे र विजेता पनि भएको थिए । म १४ वर्षको जतिको थिएवेला । डागिँ दाइलाइ अनुरोध गरे र भाग्य पनि कस्तो अचम्मको , त्यहिवेला रेडियोमा वाल कार्यक्रम खालि भएछ । उहाँले स्क्रिप्ट लिएर आउने भन्नुभयो । एउटा नमुना पनि दिनुभयो । मैले त्यहि अनुसार तैयार गरे र उहालाइ वुझाए । उहाले धेरै कुरा परिमार्जित गर्न सुझाव दिनुभयो र तैयारिका साथ रेडियोमा आवाज जाचका लागि आउने भन्नुभयो । म निक्कै खुसि थिए । सायद शनिवारको दिन थियो होला म रेडियोमा चाडै पुगे । स्टुडियो त धाइन्थ्यो तर आफ्नै आवाज रेकर्ड गराउदा निक्कै डराएको थिए । साझपख ऋषिकेस दाइले फोन गर्नुभयो तिम्रो आवाज सरहरुले राम्रो मान्नुभयो अपो कार्यक्रम चलाउन पाउने भयोै । त्यति आवाजले मनमा हलचल उत्पन्न गराइदियो । १,२ एपिसोड एक्लै चलाए तर पछि केटि साथिलाइ पनि लिएर आउनु भनेपछि चिनेको एकजना थिइन रञ्जु शाह नामकि । उनले पहिले त हिच्चकिचाहट गरिन तर मैले धेरै कर गरेपछि उनि र म मिलेर वालकार्यक्रम चलायोै । उनले कार्यक्रमलाइ झन्डै ७ महिना जति सहयोग गरीन तर पछि अध्यय्नका लागि वाहिर जानु पर्ने भएकोले उनिलाइ विदाइ गरे । कार्यक्रमले सफलता पाउदै थियो । ड्वाक नेपाल रोल्पावाट संचालित माला परियोजनाले वालवालिकाको हकहितमा सुचना संप्रेषणका लागि मेरो कार्यक्रमसंग सहमति गरेछ तर मलाइ थाहा नै भएन पछि वल्ल थाहा पाए अनि यो पनि थाहा पाए कि मैले कार्यक्रम चलाए वापत केहि रकम पाउने भए एपिसोड अनुसार । सहमति अनुसार कार्यक्रम चलाएको पनि झन्डै १ वर्ष वित्यो । मैले पाउने थोरै रकम भएपनि पाए । त्यो रकम नै मेरो लागि रेडियो वाट प्राप्त पहिलो सम्पति थियो । अपो मेरो लागि दुखको दिन पनि आउदै थियो किनकि म रेडियोलाइ ६ महिनाको लागि विदाइ गर्दै थिए । निजि विद्यालयमा अध्यनरत म कक्षा १० मा थिए । नियम थियो १० मा होस्टेल वस्नु नै पर्ने । समय नमिल्ने भएकोले रेडियोलाइ विदाइ गरिदिए केहि समयको लागि । कक्षा १० पार गरेपछि लिवाङ्घमै वाकि पढाइ पुरा गर्ने निर्णय गरीयो । मनमा ६ महिना रेडियोमा नवोलेको पिडा थियो अपो त्यो पिडा वाहिरिने भयो । वालकार्यक्रम लाइ छोडेर नया कार्यक्रमका साथ आम श्रोताको सामु आउने विचार गरे । नेपालि गित संगितलाइ समेटेर एउटा विल्कुलै पृथक कार्यक्रमको जमर्को गरे । कार्यक्रमको विचार फरक , नाम फरक , शैलि फरक ,, नाम राखिदिए म्युजिकल अपडेट । आफृुलाइ गित गाउन त पटक्कै नआउने तर गित संगितलाइ नजिकवाट नियालिरहन्थे । कार्यक्रममा नेपालि सांगितिक आकासमा हप्ताभरि घटेका घटनालाइ जानकारीका रुपमा ल्याउथे । श्रोताहरुको कार्यक्रममा लगाव देखेपछि अझ जोस पैदा भयो । रोल्पामै वसेर सांगितिक यात्रा थालिरहेका पुराना तथा नया प्रतिभालाइ प्रत्यक्ष रेडियोमा वोलाएर अन्र्तवार्ता ल्याउने निधो गरे , यो कार्यमा म केहि हदसम्म सफल पनि भए । कार्यक्रमले अहिले पनि निक्कै चर्चा पाएको छ तर कार्यक्रमलाइ निरन्तरता दिन भने त्यति सकिरहेको छैन । प्रविधिसंग खेल्नु पर्ने न हो कतिवेला विग्रन्छ थाहाँ नै हुदैन, आप्ःनो स्वास्थ्यमा गडवडि आयो कार्यक्रम नै असरमा पर्छ । कार्यक्रम नचल्दा साथिहरु निकै दुख मान्नुहुन्छ ,फोन गरेर जानकारी लिनुहुन्छ । रेडियोले मलाइ के दियो हैन मैले रेडियोलाइ के दिए भनेर म सोच्दैछु । मैले रेडियोलाइ आर्थिक सहयोग त गर्न सकेको छैन तर आम श्रोतामाझ रेडियोलाइ चर्चामा ल्याउन र केहि मात्रामा भएपनि यसको प्रभावलाइ जिवित राख्न सहयोग गरेको जस्तो लाग्छ । हुन त मानिसले २१ औ शताव्दिमा आएर मुख्यतया आफुलाइ आर्थिक रुपमा सक्षम वा असक्षम भनेर हेर्ने गर्दछ । आफुले गरेको कार्यवाट अर्थको आशा गर्दछ , तर म अलिक फरक छु । रेडियोवाट मैले अर्थको आशा त गरेको छैन तर यसले मेरो जिवनमा थुपै्र परिवर्तन ल्याइदिएको छ । दाम त त्यसै हो तर नाम चाहि हल्का फुल्का भएनि कमाइएकै जस्तो लाग्छ । रेडियोमा मेरो आवाज अलिक पृथक आउछ रे सपै साथिहरु यस्तै भन्छन । धेरै साथिहरु मलाइ तपाइ नै विनोद डागिँ होर भनेर प्रश्न गर्छन । झट्टै विश्वास गर्न गाह्रो पर्छ उनिहरुलाइ । ध्ोरै साथिहरुलाइ विनोद भविष्यमा पत्रकारीतामै रमाउछ जस्तो लाग्छ होला , तर मेरो लक्ष्य अलिक पृथक छ । लक्ष्यमा पुग्नको लागि हरदम प्रयास गर्दैछु । सायद म त्यो लक्ष्यमा पुग्नको लागि रेडियो छोड्नु पर्ने हुन्छ । यदि लक्ष्य प्राप्तिमा सफलता पाए भने एक कुनावाट म रेडियोलाइ नि संगसंगै डोर्याउनेछु । हेर्छु म आफनो लक्ष्यमा कत्तिको सफलता पाउछु ।

Padhe ramilo lagyo timi sanai umer ma naii afno bsto lai chiner paela chaleko xauu tyo timro vagko lakshya kahi jadain timlaii ho ra abasya pugxauu panii farak dhilo chado hola .. Mero tarf bat all the best binod, I'm impressed.. God bless u
ReplyDeletethank alot for your sweet wishes... have a great time
Deletewow.. धेरै राम्रो लाग्यो सर
ReplyDelete